HomeNews & Trends

एसईई परीक्षाकाे नतिजा आन्तरिक मूल्यांकनबाटै सार्वजनिक हुने

एसईई परीक्षाकाे नतिजा आन्तरिक मूल्यांकनबाटै सार्वजनिक हुने

काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने

लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति
मोटरसाइकल दुर्घटनामा नवलपरासीका दुईजनाको मृत्यु
आफ्ना बच्चाहरूलाई सिकाउनु पर्ने कुराहरू?

काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ ।
प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारी सार्वजनिक गर्नेछ ।

गत वर्षपनि कोरोना महामारीका कारण परीक्षा रोकिएपछि आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिएको थियो । यो वर्ष पनि परीक्षा गर्ने अवस्था नभएका कारण यो निर्णय गरिएको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0