HomeNews & Trends

काठमाडौं निषेधाज्ञा: बारअनुसार पसल खुल्ने, निजी सवारीमा जोर बिजोर

काठमाडौं निषेधाज्ञा: बारअनुसार पसल खुल्ने, निजी सवारीमा जोर बिजोर

काठमाडौं- उपत्यकामा तिन जिल्लामा जारी निषेधाज्ञा एक साता थपिएको छ । अबकाे निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएकाे छ ।

नयाँ स्टक एक्सचेन्ज विवाद, चुनाव खर्च उठाउन हतार गरेकाे आरोप
७७ प्रतिशत हवाई दुर्घटना पहाडमा ठोक्किएर: पर्यटन मन्त्रालय
उपभोक्तालाई भार पर्ने गरी पानीको मूल्य बढाउन निर्देशन

काठमाडौं- उपत्यकामा तिन जिल्लामा जारी निषेधाज्ञा एक साता थपिएको छ । अबकाे निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएकाे छ । त्यस्तै बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबारको संयुक्त बैठकले उद्योग व्यवसाय र दैनिक जीविकासँग जोडिएका क्षेत्रमा लागेको निषेधाज्ञा हटाइएको हो । तर असार ११ गतेसम्म निषेधाज्ञा जारी रहने छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली अनुसार यसपटक निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय भएकाे बताएका छन् ।

त्यस्तै बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ । असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछ । तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।

आइतबार, मंगलबार र बिहीबार एक चरणमा र सोमबार, बुधबार र शुक्रबार अर्को चरणमा गरी फेन्सी, सपिङ मललगायत तयारी पसललाई दिन बिराएर सञ्‍चालन गर्न पाउँनेछन् ।

खुल्ने समय हेर्नुहाेस्:

COMMENTS

WORDPRESS: 0
    DISQUS:0