HomeGadgets & Reviews

तरकारीको मनपरी भाउ

तरकारीको मनपरी भाउ

काठमाडाै- पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि थापाजस्ता धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपर

खोपको पूर्ण मात्रा लगाएकाहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बढी
वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा अनिवार्य गरिने प्रक्रिया सुरु
१२ देखि १७ वर्ष उमेर समूहका लागि मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने

काठमाडाै- पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि थापाजस्ता धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १८० रुपियाँ परेको अनुभव कीर्तिपुर निवासी रमिला आचार्यको छ ।

पहिले दुई/तीन थरी तरकारी र अचार हुने रमिलाको भान्सामा अचेल एक थरी मात्रै तरकारी पाक्छ । कीर्तिपुर चोकमै तरकारी भाउ बुझिरहेका कमल सुवेदीले अब तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको अनुभव सुनाए ।

उनले तरकारी खान नसक्ने भएपछि यसको विकल्पमा गेडागुडीको टुसा उमारेर खाने सोच बनाएको बताए । सुवेदीले तरकारीको भाउ छोइसक्नु छैन । निषेधाज्ञा खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो तर झन् महँगिएको बताए । गोरखापत्र दैनिकबाट ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0