HomeGadgets & Reviews

साइक्लिङ गर्दा यी फाइदाहरू हुन्छ ?

साइक्लिङ गर्दा यी फाइदाहरू हुन्छ ?

काठमाडाै- साइकलले स्वास्थ्यलाई फाइदा पुर्याउँछ भन्ने धेरैलाई थाहा नहोला। दैनिक २० मिनेट साइक्लिङ गर्दा मानिस पूर्ण रूपमा स्वस्थ रहने एक अध्ययनले जनाएक

ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक: डा. एन्थोनी
किन व्यक्तिभित्र नकारात्मक भावको विकास हुन्छ , जीवनलाई सकारात्मक कसरी बनाउने ?
फलफूलको मूल्य चर्को मारमा उपभोक्ता

काठमाडाै- साइकलले स्वास्थ्यलाई फाइदा पुर्याउँछ भन्ने धेरैलाई थाहा नहोला। दैनिक २० मिनेट साइक्लिङ गर्दा मानिस पूर्ण रूपमा स्वस्थ रहने एक अध्ययनले जनाएको छ। साइक्लिङ जुनसुकै उमेरका लागि पनि उपयुक्त व्यायाम हो।

मोटोपन घट्छ: दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजार क्यालोरी खपत हुन्छ। त्यसैले, साइक्लिङ गर्नेले बढी क्यालोरीयुक्त खाना खाँदा पनि केही फरक पर्दैन। यसरी सहजै व्यवस्थापन हुने हुँदा आफूलाई मन परेको खाना मज्जाले खान सकिन्छ। यसबाहेक, मोटोपन भएका व्यक्तिले साइक्लिङ गरेमा अन्य व्यायाम गर्नुपर्दैन।

रक्तचाप नियन्त्रण: नियमित साइकल चलाउँदा शरीरमा रक्तसञ्चार राम्ररी हुन्छ। साइक्लिङले रगतमा अक्सिजनको मात्रा आपूर्ति हुने भएकाले रक्तसञ्चारमा सुधार आउँछ। त्यस्तै, साइकल इन्धनविना चल्ने भएकाले प्रदूषणबाट समेत बच्न सकिन्छ।

दिमागको शक्ति बढाउँछ: अमेरिकास्थित इलिनोइस विश्वविद्यालयका प्राध्यापकहरूले गरेको अध्ययनले स्वच्छ वातावरणमा नियमित साइक्लिङ गर्ने व्यक्तिमा अरूको तुलनामा दिमागी शक्ति बढी हुने देखाएको छ। साइकल चलाउँदा शरीरमा ब्रेन सेलको निर्माण हुने बताइन्छ।

मांसपेशी मजबुत: साइक्लिङ गर्नु सजिलो एक्सरसाइज हो । जसले जोर्नीमा लचकता ल्याउँछ। नियमित साइक्लिङ गर्दा मांसपेशी बलियो बनाउन मद्दत पुग्छ। साइकल चलाउँदा पछिल्तिरका हड्डी सक्रिय रहने हुनाले ढाड र गर्दनको दुखाइबाट समेत राहत पाउन सकिन्छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0