HomeSoftware

पारस खड्का भन्छन् यी कुराहरू मिस गर्छु

पारस खड्का भन्छन् यी कुराहरू मिस गर्छु

काठमडाै- मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासँग खुशी, आँसु, हाँसोका धेरै सम्झना छ

वान डे इतिहासमा नेपालको अहिलेसम्मकै उच्च स्कोर
२१ वर्षीय सन्दीप लामिछानेकाे कप्तानमा पहिलाे उपाधि
ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिका २०२१

काठमडाै- मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासँग खुशी, आँसु, हाँसोका धेरै सम्झना छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि क्रिकेट टिमभित्रको वातावरण मिस गर्ने उनले सुनाए । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले झण्डै दुई दशक नेपालको राष्ट्रिय टोलीमा बिताएका छन् ।

टिममा हुँदा विभिन्न पृष्ठभूमिबाट आएका सबैको गोल नेपाललाई जिताउनु हुने गरेको भन्दै पारसले भने, ‘सबैले अन फिल्ड मात्र हेर्नुहुन्छ, तर अफ फिल्ड धेरै थोक हुन्छ । त्यसलाई मिस गर्छु ।’

खड्काले २८ असोज २०७६ मा कप्तान छाड्दा नै अन्तर्राष्ट्रिय क्रिकेट छाड्ने कि ? भन्ने सोच आएको सुनाएका उनले टिमलाई सहयोग होस् भनेर खेलिरहेको बताए । अब सही समय आएर सन्यास लिएको भन्दै उनले युवा खेलाडीहरु क्षमतावान् रहेको र विश्वकपको तयारीका लागि पर्याप्त समय रहेको बताए । पारसले घरेलु क्रिकेट खेल्न मन रहेको बताए, तर खेल्ने नखेल्ने निर्णय लिइसकेको सुनाए ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0