HomeGadgets & Reviews

तिलगंगा आँखा प्रतिष्ठानमा बुधबारदेखि विस्तारित सेवा शुरु हुने

तिलगंगा आँखा प्रतिष्ठानमा बुधबारदेखि विस्तारित सेवा शुरु हुने

‍काठमाडौँ– तिलगंगा आँखा प्रतिष्ठानले कोभिड–१९ को महामारी यथावतै रहेको अवस्थामा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र सहजरूपमा सेवा प्रदान गर्ने उद्देश्

फार्मेसीमा जाँदा रित्तो हात, सरकार भन्छ सिटामोल अभाव छैन
किन व्यक्तिभित्र नकारात्मक भावको विकास हुन्छ , जीवनलाई सकारात्मक कसरी बनाउने ?
अहिले सम्म कतिले लगाए पूर्ण खोप?

‍काठमाडौँ– तिलगंगा आँखा प्रतिष्ठानले कोभिड–१९ को महामारी यथावतै रहेको अवस्थामा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र सहजरूपमा सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि विस्तारित सेवा प्रारम्भ गर्ने भएको छ।

हाल बिहान ८ देखि दिउँसो ३ः३० बजेसम्म मात्र नियमित सेवा प्रदान गरिरहेको प्रतिष्ठानले भदौ १६ गतेदेखि साँझ ६ः३० बजेसम्म आँखा सेवा स्वास्थ्य प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ।

कार्यालय समयभित्र आँखा उपचारका लागि समय मिलाउन अप्ठ्यारो भएका र व्यस्तताका कारणले बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्नेहरुलाई मध्यनजर गर्दै विस्तारित सेवा सुरु गर्न लागिएको हो।

अबदेखि नियमित सेवा र प्रिमियम सेवा लिन चाहने सेवाग्राहीहरुले ८ः०० देखि २ः०० बजेसम्म नाम दर्ता गर्न सक्नेछन् भने विस्तारित सेवा लिन चाहने सेवाग्राहीले दिउँसो ३ः०० देखि साँझ ६ः०० बजेसम्म नाम दर्ता गरी सेवा लिन सक्ने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानमा विस्तारित सेवा तथा प्रिमियम सेवामा साधारण आँखा समस्यालगायत आँखाका विभिन्न विधामा उपचार सेवा उपलब्ध छन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0