HomeBlockchain

फेसबुकका सिइयाे जुकरबर्गले भने सरी तर गुमाए ७ खर्ब

फेसबुकका सिइयाे जुकरबर्गले भने सरी तर गुमाए ७ खर्ब

काठमाडौं- ६ घण्टा फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम सबै एकै पटक डाउन भए पछि सबै अनलाइन हुन साथ कम्पनीका संस्थापक मार्क जुकरबर्गले माफी मागेक

अब ह्वाट्सएप बिनाफोन चलाउन मिल्ने
आईटी कम्पनीलाई निःशुल्क कार्यालय
दुई वर्षभित्र सबै कक्षामा नयाँ पाठ्यक्रम

काठमाडौं- ६ घण्टा फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम सबै एकै पटक डाउन भए पछि सबै अनलाइन हुन साथ कम्पनीका संस्थापक मार्क जुकरबर्गले माफी मागेका छन् । तर करबर्गले ठुलो नोक्सानी पनि ब्यहोर्नु परेको छ । सोमबार राती सवा ९ बजेबाट फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम सबै एकै पटक डाउन भएको थियो । झन्डै ६ घण्टापछि मात्रै सेवा सुरु भएको थियो ।

एकै पटक सबै सर्भिस एकै पटक डाउन हुँदा केही घण्टाभित्रै मार्क जुकरबर्गको कूल सम्पत्तिमा ५.९ बिलियन डलर अर्थात करिब ७ खर्बको गिरावट आएको छ । अमेरिकी सेयर बजारमा आएको गिरावटले यस्तो अवस्था सिर्जना भएको हो । सेयर बजारमा एकै दिन फेसबुकको मूल्य पाँच प्रतिशत घटेको छ ।

अमेरिकी सेयर बजारमा आएको गिरावटलकाे असर विश्वका अर्बपतिको सूचीमा पनि देखिएको छ । जुकरबर्ग विश्वका अर्बपति सूचीमा दुई स्थान लत झर्दै छैटौँ स्थानमा पुगेका छन् । भने, उनको सम्पत्ति घटेर ११६.८ बिलियन डलर पुगेको ब्लुमबर्ग बिलिनियर इन्डेक्सले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1