HomeNews & Trends

काठमाडौं महानगरपालिका प्रमुखमा वालेन्द्र शाह निर्वाचित

काठमाडौं महानगरपालिका प्रमुखमा वालेन्द्र शाह निर्वाचित

काठमाडाै- काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत क

चिउरीको फूल कटानले मह उत्पादनमा कमि
ठगी रोक्नुको सट्टा पानीको मूल्य तीन गुणा बढाउन निर्देशन
रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

काठमाडाै- काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिका प्रमुखमा ६१,७६७ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठलाई २३,४२६ मतान्तरले पराजित गरेका हुन् । पराजित सिर्जना श्रेष्ठले ३८,३४१ मत ल्याएकी छन् ।

यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार सुनिता डंगोल ६८,६१२ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार रामेश्‍वर श्रेष्ठले २३,८०६ मत ल्याएका छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0