HomeNews & TrendsCybersecurity

ओलीमाथि थप अनुशासनको कारबाही गर्ने माधव नेपालकाे तयारी

ओलीमाथि थप अनुशासनको कारबाही गर्ने माधव नेपालकाे तयारी

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीमाथि अनुशासनको थप कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् ।प्रतिनिध

वैशाख १६ गतेदेखि निषेधाज्ञा, यातायात बन्द
कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्रीमा नियुक्त
रवि लामिछानेले सिधाकुरा जनता सँग गर्दै

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीमाथि अनुशासनको थप कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि घोषणा गरेपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको छ । विघटनलाई असंवैधानिक भनेको प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको बैठक राखेर ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाएको छ । यस्तै संसदीय दलको नेताबाट ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

ओली समूहले भने प्रचण्डको कार्यकारी अधिकार खोसेर केन्द्रीय कमिटी विस्तार गरेको छ । दुबै समूहले अरु कारबाही गरेको छैन र, आफूहरु नै आधिकारिक भएको दाबी गर्दै आएको छ ।

तर ओलीले गुटगत गतिविधि गर्दै अनुशासन उल्लंघन गरेकाले थप कारबाही गर्नुपर्ने अवस्था आएको अध्यक्ष नेपालले बताए । नेपाल वुद्धिजीवी संगठनले बिहीबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘थप कारबाही गर्नुपर्ने अवस्था बनिरहेको छ । यसबारे स्थायी कमिटीको बैठकले गम्भीर छलफल गर्छ ।’

नेताहरुका अनुसार शुक्रबार बस्ने प्रचण्ड–समूहको स्थायी कमिटी बैठकमा यसबारे प्रस्ताव आउनसक्छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0