HomeCybersecurity

माओवादी केन्द्रले गर्याे कारवाही, चार सांसद निष्कासित

माओवादी केन्द्रले गर्याे कारवाही, चार सांसद निष्कासित

काठमाडाैं- नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका आफ्ना चार जना प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकम

राष्ट्रपति उम्मेदवारको योग्यतामा के के चाहिन्छ?
माधव नेपालसहित १४ सांसदको पद के हाेला?
बजेट ‘होलिडे’: दोषी को ?

काठमाडाैं- नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका आफ्ना चार जना प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन् ।

पार्टीले कारबाही गरेसँगै उनीहरु सांसद रहने छैनन् । माओवादी केन्द्रले उनीहरुलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ ।

एमाले प्रवेश गरेका नेता रामबहादुर थापा बादललाई पनि मंगलबार नै कारबाही गरेको पत्र संसद सचिवालयमा पठाउने माओवादी केन्द्रको तयारी छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0