HomeGadgets & Reviews

बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा

बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा

काठमाडाैं-नेपाली भान्सामा दैनिक रूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भएको कुरा वैज्ञानिक अध्ययनहरू बताउछन्। तर अत्यधिक मात्रामा बेसार सेवन गर्दा तथ

२१ लाखमा जनता स्वास्थ्य बीमाको पहुँचमा
देशभर ७ प्रतिशत जनसंख्याले लगाए कोरोनाविरुद्धको खोप
६४ लाख डोज खोप आउने पक्का

काठमाडाैं-

नेपाली भान्सामा दैनिक रूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भएको कुरा वैज्ञानिक अध्ययनहरू बताउछन्। तर अत्यधिक मात्रामा बेसार सेवन गर्दा तथा बजारमा बेचिने मिसावट भएको बेसार प्रयोग गर्दा शरीरलाई लाभभन्दा हानि बढी हुनसक्ने विज्ञहरू भनाइ छ।

आफ्नो शरीरको तौलअनुसार कति बेसार खानु हुन्छ भन्ने विषय थाहा पाउनु आवश्यक भएको उनीहरू बताउँछन्। बेसारले शरीरमा उत्पन्न विषाक्ततालाई नष्ट गर्ने निर्देशिकामा उल्लेख छ। तर विज्ञहरू भने पर्याप्त ज्ञानबिनै बेसार प्रयोगले विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्ने बताउँछन्।

आयुर्वेदमा पनि रुचि राख्ने त्रिभुवन विश्वविद्यालयअन्तर्गत औषधि चिकित्सा विज्ञान विभागका सहप्राध्यापक डा. सम्मोद आचार्य हजारौँ वर्षदेखि नेपालका अधिकांश स्थानसहित दक्षिण एशियाका विभिन्न क्षेत्रमा बेसार सेवन गरिँदै आएको भए पनि यसको मनपरी प्रयोग निकै घातक हुनसक्ने बताउँछन्।

 

बेसारका फाइदा के हुन्? विज्ञहरू के भन्छन्?

  • बेसारले शरीरमा जलन कम गर्ने काम गर्छ। बुढेसकालमा हात पाखुरा दुख्ने समस्या हुन नदिन पनि बेसारको भूमिका महत्त्वपूर्ण हुने बैज्ञनिकले बताउछन्।
  • त्यस्तै एन्टी-अक्सिडन्ट गुणका कारण छिट्टै छाला चाउरी नपर्ने जस्ता फाइदा हुने विज्ञहरू बताउँछन्।
  • विभिन्न गुणका कारण बेसारलाई परम्परागत र आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ। यसलाई रङ्गका रूपमा पनि प्रयोग गरिन्छ।
  • पानीमा बेसार नघुल्ने बरु चिल्लोमा घुल्ने हुँदा दूधमा मिसाएर पिउँदा लाभ हुने विज्ञहरू बताउँछन्।
  • “कर्क्यमिन कहिलेकाहीँ हाम्रो आन्द्राले सोस्दैन। तसर्थ दूध र बेसारमा थोरै मरिच मिसाएर पिउँदा अझ राम्रो हुन्छ। तर यो पनि अत्यधिक मात्रामा सेवन नगरै मात्रै हो,”।

 

(एजेन्सीकाे सहयाेगमा तयार परिएकाे)

COMMENTS

WORDPRESS: 0
    DISQUS:0