HomeUncategorized

प्रचण्ड र माधव नेपाल निर्वाचन आयोग पुगेका छन्, के आधिकारिकता पाउलान्?

प्रचण्ड र माधव नेपाल निर्वाचन आयोग पुगेका छन्, के आधिकारिकता पाउलान्?

काठमाडौं । अध्यक्षद्वय नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् ।पछिल्लाे पट

अब शिक्षक लाइसेन्सको परीक्षामा सबै सहभागी हुन पाउने
राजनीतिक दलसम्बन्धी अध्यादेश जारी, माधव नेपाल नयाँ पार्टी दर्ता गर्लान?
ओलीविरुद्धको अविश्वास प्रस्ताव यसकारण ढिला भइरहेको छ

काठमाडौं । अध्यक्षद्वय नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् ।

पछिल्लाे पटक सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको प्रचण्ड-माधव समूहले गरेको छ ।

४४१ जना मध्य बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड-माधव समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।

आधिकारिकता दाबी गरेसँगै अब निर्वाचन आयोगमा पार्टी बिभाजन हुने देखिएकाे छ । आधिकारिकता कस्ले पाउने भन्ने कुरा अब निर्वाचन आयोगले नै फैसला गर्ने छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0