HomeNews & Trends

प्रदर्शनमा सहभागी नै भागरथीको हत्यारा भएकाे पुष्टी, ११ बजे सार्वजनिक गर्ने

प्रदर्शनमा सहभागी नै भागरथीको हत्यारा भएकाे पुष्टी, ११ बजे सार्वजनिक गर्ने

काठमाडौं-भागरथीको हत्याकाे हत्यारा पत्ता लागेकाे अनुसन्धान बाट खुलेकाे छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट २१ मा

निजामती सेवा प्रवेशमा स्याङ्जा पहिलो, मनाङ शून्य, दोस्रो जिल्ला काठमाडौँ
लक्ष्मीपूजाको दिन बिना अवरोध देशभर विद्युत् आपूर्ति
मुलुकभर भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

काठमाडौं-

भागरथीको हत्याकाे हत्यारा पत्ता लागेकाे अनुसन्धान बाट खुलेकाे छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट २१ माघ बुधबार साँझ घर फर्किइनन् । परिवारले खोजतलासका लागि प्रहरीलाई आग्रह गर्‍यो, स्थानीय पनि खोजीमा निस्किए ।

बिहीबार उनको विद्यालयबाट घर फर्किने सडकबाट ५० मिटर तल झाडीमा भेटियो । भागरथी प्रकरण कञ्चनपुरको निर्मला प्रकरण जस्तो नहोस् भन्दै स्थानीयले शुक्रबारबाट आन्दोलन र प्रदर्शन थाले । त्यही प्रदर्शनको अग्रपङ्तिमा विद्यालयको कक्षा ११ मा अध्ययनरत १८ वर्षीया दिनेश भट्ट पनि सहभागी थिए ।

तर, भट्टको बलात्कारपछि हत्यामा उनकै संलग्नता पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए छन् । प्रहरीले भट्टलाई जिल्ला प्रहरी कार्यालय, बैतडीमा पत्रकार सम्मेलन गरेर बुधबार दिउँसो ११ बजे सार्वजनिक गर्ने तयारी गरेको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0