HomeNews & Trends

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

डोटी- बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ।सोमबार तथा मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, म

बुवाको मुख हेर्ने दिन, आफ्ना बाबुलाई मन पर्ने मिठाई खुवाई मनाइदै
किन भयाे किशोरकी प्रेमि लक्ष्मी गदाललाई वाग्लेद्वारा आक्रमण?
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस रिजर्ट

डोटी- बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ।

सोमबार तथा मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मूला, प्याजलगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।

वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको बडिकेदार–४ का स्थानीयवासी बमबहादुर पनाडीले बताए । उनका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौँका बोटमा नोक्सानी गरेको छ ।

यसैगरी भित्र्याउन लागेको अदुवा खेतीलाई पनि असिनाले क्षति गरेको स्थानीयवासी बताउँछन् । सुन्तला र कागतीका दानासमेत असिनाले झारिदिएको बताइएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0