HomeNetworking

ग्रीनलाइफकाे आइपीओ बाँडफाँट, २ जनाले पाए ११

ग्रीनलाइफकाे आइपीओ बाँडफाँट, २ जनाले पाए ११

काठमाडौं-ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँट भ

दोर्दी खोला जलविद्युत कम्पनी आईपीओ जेठ २६ गतेदेखि खुल्ला हुने
आजबाट खाद्यमा छुट अफर, के केमा छ छुट?
रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं-

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँट भएको हो । जसमा गोलाप्रथा मार्फत ३ लाख २५ हजार १६५ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

बाँकी रहेको २ कित्ता सेयर भने २० वा सोभन्दा बढी कित्ताका लागि आवेदन दिनेमध्ये २ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । यसआधारमा २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल १३ लाख २२ हजार ९७१ जनाले आवेदन दिएकोमा ३ हजार ९१२ जनाको आवेदन रद्द भएको छ । १३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो ।

ग्रीनलाइफले सर्वसाधारणका लागि माघ २३ देखि २७ गतेसम्म बिक्री गरेको ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ बाँडफाँट गरेको हो ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0