HomeNews & Trends

उपत्यकामा मेलम्चीको पानीको हिस्सा ९० प्रतिशतसम्म पुग्ने

उपत्यकामा मेलम्चीको पानीको हिस्सा ९० प्रतिशतसम्म पुग्ने

काठमाडौं- काठमाडौं उपत्यकावासीले उपभोग गर्दै आएको पानीमध्ये मेलम्चीको पानीको हिस्सा ९० प्रतिशतसम्म पुग्ने भएको छ । शहरी जनसंख्या बढेसँगै उपत्यकामा खान

रवि लामिछानेले छाडे न्युज २४, के राजनितीमा आउलान?
चुनावी मैदानमा चिकित्सकहरू के स्वास्थ्य क्षेत्र सुधार हाेला?
गायक प्रकाश सपूत दाेहरी ब्याटल देखि हिराे बन्ने रहर (भिडियाे सहित)

काठमाडौं- काठमाडौं उपत्यकावासीले उपभोग गर्दै आएको पानीमध्ये मेलम्चीको पानीको हिस्सा ९० प्रतिशतसम्म पुग्ने भएको छ । शहरी जनसंख्या बढेसँगै उपत्यकामा खानेपानीको माग पनि चुलिएकोमा मेलम्चीको पानी आएपछि आपूर्ति सहज हुने देखिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले हाल सुन्दरीजल, डीप ट्युबवेल, विष्णुमती, शिवपुरी जस्ता आन्तरिक स्रोतबाट उपत्यकामा पानी आपूर्ति गर्दै आएको छ । कम्पनीको वितरण लाइनमा केही समयपछि नै मेलम्चीको पानी पूर्ण क्षमतामा अर्थात् दैनिक १७ करोड लिटर आपूर्ति हुनेछ । आइतवार काठमाडौंको महाँकालचौरबाट दैनिक ४ करोड लिटर पानी वितरण शुरू गरिएको र केही समयमै पूर्ण क्षमतामा पानी आउन थालेपछि पानीको अर्को स्रोत डीप ट्युबवेल बन्द गरिने बताइएको छ ।

केयूकेएलले अहिले पनि डीप ट्युबवेलबाट पानीको आपूर्ति गरिरहेको छ । कम्पनीले मेलम्चीको पानी आइसकेपछि डिप ट्युबवेल विस्तारै बन्द गर्ने तयारी गरेको एक अधिकारीले जानकारी दिए । हाल उपत्यकाका विभिन्न स्थानमा गरी करीब ५० डीप ट्युबवेल सञ्चालनमा छन् । यी ट्युबवेलमा काम गर्ने कर्मचारीलाई अबको वितरण संरचना तथा अन्यत्र पनि खटाउने तयारी भएको ती अधिकारीले बताए । अहिले नै डीप ट्युबवेलहरू बन्द भइनसकेकाले त्यसको पानी पनि आइरहेको छ ।

बूढानीलकण्ठ, बाँसबारी क्षेत्रमा विष्णुुमतीको मुहानबाट पानी आउँछ । फर्पिङ, गोदावरी, चापागाउँमा पनि आन्तरिक मुहानबाटै पानीको भरथेग हुँदै आएको छ । यस्तै भक्तपुरमा बोडेको पानी पनि छ । बोडेको पानी जडीबुटी हुँदै मीनभवनको पानी ट्यांकीमा आउँछ । अहिले मेलम्चीको पानी आएपछि बोडेको सिस्टमलाई सोही स्थानबाटै बन्द गरेर भक्तपुर क्षेत्रमै वितरण गरिनेछ ।

आन्तरिक मुहान, सुन्दरी जल, डीप ट्युबवेलबाट पानीको भरथेग भइरहेकोमा मेलम्चीको पानी थपिएको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.कले लेखेकी छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0