HomeSoftware

नेपाललाई उपाधि पहिलो त्रिदेशीय उपाधि

नेपाललाई उपाधि पहिलो त्रिदेशीय उपाधि

खेलकुद- क्रिकेटमा नेपाललाई पहिलाे ठुलाे उपाधि मिलेकाे छ । कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सलाई त्रिदेशीय क्रिकेटको कीर्तिमानले भरिएको फाइनलमा १४२ रनले प

महिला टी २० विश्वकप एसिया छनोट: नेपाल पहिलो खेलमा पराजित
सप्तरी प्रिमियर लिग: तिलाठी कोइलाडी र टीभीएस किङ्स विजयी
टी-२० विश्वकप: पाकिस्तानको ऐतिहासिक जीत

खेलकुद- क्रिकेटमा नेपाललाई पहिलाे ठुलाे उपाधि मिलेकाे छ । कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सलाई त्रिदेशीय क्रिकेटको कीर्तिमानले भरिएको फाइनलमा १४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

युवा खेलाडीहरू कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको राम्रो ब्याटिङको मद्दतले नेपालले तीन विकेट गुमाएर कीर्तिमानी २३८ रन बनाएको थियो। प्रतियोगिताको लीगका दुई खेलमध्ये एउटामा नेपाललाई हराएको नेदरल्यान्ड्सले १७.२ ओभरमा सबै १० विकेट गुमाएर ९६ रन मात्रै बनाउन सक्यो। यो नेपालको रनको हिसाबले सबैभन्दा ठूलो जित हो। यसअघि सबैभन्दा ठूलो जित भुटानविरुद्ध १४१ रनको थियो। नेदरल्यान्ड्सका लागि यो रनका हिसाबले सबैभन्दा ठूलो हार हो। यसअघि उसको सबैभन्दा ठूलो हार सन् २०१८ मा स्कटल्यान्डविरुद्ध ११५ रनको थियो।

पछिल्लाे समया नयाँ युवाहरूकाे मेहनतले नेपाली क्रिकेट धेरै माथी बढिरकाे छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0