HomeAI & ML

‘ग्ल्यामर गफ’ र ‘रजतपट’ प्रशारण हाेला कि बन्द?

‘ग्ल्यामर गफ’ र ‘रजतपट’ प्रशारण हाेला कि बन्द?

संगम अधिकारी,काठमाडौपत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभजनमा चलाउने दुई वटा कार्यक्रम निलम्बनमा परेको छन्। सुवेदीले एपीवान टेलिभिजनमा 'ग्ल्याम

उत्सव र आरतीले मागे माफी, टुंगियो विवाद
प्रकाश सपूतकाे सन्देश ‘कलाकार भएर पनि कार चढ्न सकिन्छ हैं’
सेलिब्रेटकाे होली फाेटाे फिचर

संगम अधिकारी,

काठमाडौ

पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभजनमा चलाउने दुई वटा कार्यक्रम निलम्बनमा परेको छन्। सुवेदीले एपीवान टेलिभिजनमा ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ नामक मनोरञ्जन कार्यक्रम चलाउँथे।उनको ‘रजतपट’ नामको कार्यक्रम नेपाली फिल्म सम्बन्धि निकै पुरानो र चर्चित कार्यक्रम हो। जुन धेरै बर्ष पहिला देखी ‘कान्तिपुर’ र पछि ‘प्राईम टाईम्स’ टेलिभिजन बाट प्रशारण भएको थियो।

एपीवान टेलिभिजन स्रोतका अनुसार टेलिभिजन बोर्डले अर्को निर्णय नहुञ्जेल दुबै कार्यक्रम निलम्बन गरेको हो। उनले अघिल्लो हप्ताको बिहीबार प्रशारण भएको कार्यक्रम ‘रजतपट’मा नायिका शिल्पा पोखरेल र उनका श्रीमान् छवि ओझाको विषयमा कार्यक्रम बनाएपछि शिल्पा पोखरेलले आफ्नो चरित्र हत्या भएको भन्दै एपीवान टेलिभिजनमा उजुरी दिएकी थिईन।

शिल्पाको उजुरी पछि एपीवान टेलिभिजनले पत्रकार प्रकाश सुवेदी लाई शिल्पा पोखरेलको अन्तर्वार्ता वा भनाई बाहेक उनीहरुको बारेमा अन्य रिपोर्ट नबनाउनु भनेको थियो तर सुबेदीले गत शनिबारको ‘ग्ल्यामर गफ’ मा छवि ओझालाई बोलाएर कार्यक्रम प्रशारण गरेपछी शिल्पाको फेरि उजुरी परेको थियो।

त्यसकारण एपीवान टेलिभिजनको बोर्ड बैठकले नै निर्णय गरेर कार्यक्रम रोक्ने निर्णय गरेको हो। तर प्रकाश सुबेदीले भने असार सम्म सम्झौता भएकोले कार्यक्रम बन्द नहुने बताएका छन्। यदि टिभीमा प्रशारण नभएपनि आफ्नै युट्युबमा प्रशारण हुने बताए। साथै उनले कार्यक्रम बन्द भएको खबर बाहिर आएपछि अन्य टेलिभिजनले आफ्नो च्यानलमा आउन फोन गरि रहेको पनि बताए।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0