HomeCybersecurity

निषेधाज्ञामा थप कडाइः यस्ता छन् नयाँ निर्णय

निषेधाज्ञामा थप कडाइः यस्ता छन् नयाँ निर्णय

काठमाडाै- सरकारले निषेधाज्ञालाई थप कडा बनाउने भएको छ।कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अब निषेधाज्ञाका बेला आवागमन लगायतका गतिबिधिका ला

जनतालाई निर्णायक बनाएर मात्रै लोकतन्त्र बलियाे हुन्छ: मन्त्री ज्ञवाली
बाढीपहिरो र डुबानमा परेकाको उद्धारमा निजी हेलिकप्टर प्रयोग गर्ने तयारी
रेखा थापा पराजित, लिङ्देन राप्रपाको अध्यक्षमा विजयी

काठमाडाै- सरकारले निषेधाज्ञालाई थप कडा बनाउने भएको छ।

कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अब निषेधाज्ञाका बेला आवागमन लगायतका गतिबिधिका लागि जिल्ला प्रशासन कार्यालयको पास अनिवार्य हुनुपर्ने निर्णय गरेको छ।

यसअघि सरकारले सञ्चालन गर्न दिएका कार्यालयकै परिचयपत्रका आधारमा आवतजावत गर्न दिइएको थियो ।

सरकारले पत्रकारलाई पनि आवागमनमा थप कडाइ गर्ने भएको छ। यसअघि आफ्नो कार्यालयको परिचय पत्रको आधारमा पनि आवगमन गर्न दिएको भए पनि अब सूचना विगागले जारी गरेका प्रेस पासका आधारमा मात्रै दिने निर्णय गरेको हो।बैंक तथा वित्तीय संस्थाको हकमा राष्ट्र बैंकले व्यवस्थापन गर्ने भएको छ। अन्य अत्यावश्यक बाहेकका अन्य कार्यलयहरुमा पनि एकचौथाइ मात्रै कर्मचारी राखेर सञ्चालन गर्न भनिएको छ।

सीसीएमसीले उद्योग व्यवसाय सञ्चालन र क्वारेन्टिन व्यवस्थापनमा पनि थप कडाइ गर्ने निर्णय गरेको छ।

 

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0