HomeCybersecurity

प्रचण्डले गरे कारवाही माग

प्रचण्डले गरे कारवाही माग

काठमाडाै- नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिटकाे ध्यानाकर्षण गराएका छन

निर्वाचन आयोगले सोध्यो ३२ दललाई स्पष्टीकरण
जसपाले बुझायो मुद्दा फिर्ता लिनुपर्ने २१० जनाकाे सूची
रामदेव र प्रचण्ड बीच भेटवार्ता

काठमाडाै- नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिटकाे ध्यानाकर्षण गराएका छन् ।

प्रचण्डले समाजिक संजाल मार्फत उक्त ध्यानाकर्षण गराएका हुन् ।

उनी लेख्छन् ।

‘नेपालगंज स्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ। हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खट्टिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ।’

भेरी अस्पतालमा बिहीबार कोरोना संक्रमित ५४ वर्षीय ती व्यक्तिको उपचारका क्रममा निधन भएको थियो । उनको निधनसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए । घटनाकाे चारै तिर कारवाहीकाे माग गरिएकाे छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0