HomeCybersecurity

छुवाछुत मानव सभ्यताको कलंक: प्रधानमन्त्री केपी ओली

छुवाछुत मानव सभ्यताको कलंक: प्रधानमन्त्री केपी ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुत मानव सभ्यताको कलंक भएको बताएका छन् ।प्रधानमन्त्री वलीले छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा

२८ घण्टा भित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको आदेश
निर्वाचन आयोग जुट्यो तीन तहकै निर्वाचनको तयारीमा
आयोगद्वारा निर्वाचनका लागि सात अर्ब निकासा माग

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुत मानव सभ्यताको कलंक भएको बताएका छन् ।

प्रधानमन्त्री वलीले छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले मानव सभ्यताको कलंकका रुपमा रहेको छुवाछुत प्रथालाई कानुनी रुपमा अन्त्य गरेको बताए ।

उनी भन्छन् ‘ छुवाछुत मानव सभ्यताको कलंक हाे यसलाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ-आफ्नो स्थानबाट सक्रिय रहन यस अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु’ ।

साथै उनले सुखी नेपाल समृद्ध नेपालको राष्ट्रिय लक्ष्यमा छुवाछुत चुनौतीको रुपमा देखिएको पनि बताए । छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याइरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता अपराधीलाई कडा भन्दा कडा सजाय दिने प्रतिवद्धता जनाए ।

नेपालमा कानुनी रूपमा छुवाछुत प्रथा अन्त्य भएतामा व्यवहारीक रूपमा भने अझै देख्न सकिन्छ ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0