HomeNews & Trends

त्रिविले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइनबाट खोल्ने

त्रिविले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइनबाट खोल्ने

काठमाडाै- त्रिभुवन विश्वविद्यालय(त्रिवि) ले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइन माध्यमबाट खोल्ने भएको छ । भौतिक उपस्थितिमा मात्रै भर्ना प्

प्रमुख चाडपर्व सकियाे, तरकारीको भाउ छोइनसक्नु
कांग्रेसमा सांसदहरू मन्त्री बन्न दौडधुप: को-को छन् लाइनमा?
लकडाउनमा पनि पेट्रोलिमय पदार्थको सहज आपूर्ति

काठमाडाै- त्रिभुवन विश्वविद्यालय(त्रिवि) ले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइन माध्यमबाट खोल्ने भएको छ । भौतिक उपस्थितिमा मात्रै भर्ना प्रक्रिया कुर्दा धेरै समय पर्खनुपर्ने भएकाले अनलाइन माध्यमबाट भर्ना अगाडि बढाउन लागिएको जानकारी विश्वविद्यालयले दिएको छ ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालले यसै साता स्नातकोत्तर तहमा नयाँ भर्ना सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । यसअघि स्नातकोत्तर तहको पठनपाठन वैशाखबाटै गर्ने कार्यतालिका रहे पनि कोरोना (कोभिड–१९) प्रभावका कारण त्यो प्रभावित भएको थियो । यसका साथै स्नातक तहको कतिपय परीक्षाफल अझै प्रकाशित हुन बाँकी रहेका कारण पनि भर्ना प्रक्रिया अगाडि बढ्न नसकेको हो ।

विश्वविद्यालयमा यो भर्ना खुलेपछि विद्यार्थीले व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र, विज्ञान विषयमा स्नातकोत्तर तहमा भर्ना हुन पाउनेछन् । अनलाइनबाट भर्ना प्रक्रिया खुला गरिए पनि जनजीवन सामान्य भएको अवस्थामा थोरै विद्यार्थी भएका विषयमा भौतिक उपस्थितिमै पनि आवेदन दिन सकिने व्यवस्था मिलाइने जानकारी उनले दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0