HomeGadgets & Reviews

के काेभिड संक्रमित घट्दै गएकाे हाे?

के काेभिड संक्रमित घट्दै गएकाे हाे?

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२४ घण्टामा १५ हजार १८२ जनाको परीक्षण गरिएकोमा ३ हजार ७५० जनामा

यी राेगी लागि लसुन उपयाेगी?
आगामी १७ पुससम्म २ करोड १७ लाख नागरिकलाई खोप
खोपको पूर्ण मात्रा लगाएकाहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बढी

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२४ घण्टामा १५ हजार १८२ जनाको परीक्षण गरिएकोमा ३ हजार ७५० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

शुत्रबार देखा परेकाे संक्रमित सँगै कुल कोरोना संक्रमितको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ । यीमध्ये ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन्। पछिल्लो २४ घण्टामा थप ६७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ ।

पछिल्लाे तिन दिनकाे संक्रमित संख्या हेर्ने हाे भने संक्रमण घट्दै गएकाे देखिएकाे छ । बुधबार काेराेना संक्रमित ३ हजार ४४९ देखिएकाे थियाे भने मृत्यु ८१ थियाे । त्यस्तै बिहिबार २ हजार ८७४ मृतक ५९ थियाे । यसरी संक्रमितकाे दर हेर्दा देशैभरी काेराेना संक्रमणा घटेकाे देख्न सकिन्छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0