HomeNetworking

सराङकोट र फेवाताललाई जोड्ने केबलकारको निर्माण सम्पन्न

सराङकोट र फेवाताललाई जोड्ने केबलकारको निर्माण सम्पन्न

पाेखरा- पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो

सामलिङ्गको आईपीओमा आजदेखि,कति दिने आवेदन?
कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेशले जलस्रोतको शेयर बजार उकालो लाग्ला?
राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्याे, कति दिने आवेदन?

पाेखरा- पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो ।

अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको उक्त केबलकार सञ्चालनमा आएपछि फेवाताल, शान्ति स्तूप, हरियाली वनजङ्गल र माछापुच्छे हिमालको सुन्दरता एकैपटक आनन्द लिन सकिनेछ । कोरना सङ्क्रमणको हालको अवस्थामा सुधार भएपछि केबलकार परीक्षण गरिने अन्नपूर्ण केबलकारका सञ्चालकमध्येका एक तीर्थराज त्रिपाठीले बताए ।

गत वर्ष नै निर्माण सम्पन्न गर्ने तयारीमा रहेको केबलकार कोरोना भाइरस सङ्क्रमणका कारण एक वर्ष ढिलो गरी सम्पन्न भएको उनको भनाइ छ । त्रिपाठीका अनुसार केबलकारका लागि हाल १८ वटा गुन्डला (डिब्बा) रहेका छन् भने थप गरेर ३६ वटासम्म पु¥याउन सकिने कम्पनीले जनाएको छ ।

हाल जडान गरिएका १७ वटा डिब्बा यात्रुका लागि र एउटा डिब्बा सामान बोक्नका लागि प्रयोग हुनेछ । प्रत्येक डिब्बामा एक पटकमा आठ जनासम्मले यात्रा गर्न सक्छन् । फेवाताल किनार सेतीबगरदेखि सराङकोटाको डाँडासम्म करिब आठ मिनेटमै पुग्न सकिनेछध्र एक घण्टामा एक हजार पाँच सय जनाले आउजाउ गर्न सक्नेछन् । केही दिनअघि केबलकारको लठ्ठा दुई मिनेट चलाएर परीक्षण गरिसकेको त्रिपाठीले बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0