HomeNetworking

कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेशले जलस्रोतको शेयर बजार उकालो लाग्ला?

कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेशले जलस्रोतको शेयर बजार उकालो लाग्ला?

काठमाडाै- नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेश गरेसँगै शेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका

नेपालमा आफ्नै डिजिटल करेन्सी निकाल्ने नेपाल राष्ट्र बैंककाे तयारी
सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि
महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाै- नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेश गरेसँगै शेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका छन् । उनको पुनरागमनले जलस्रोत कम्पनीहरुमा थप सुधार हुने र शेयर कारोबारमा सकारात्मक प्रभाव पार्ने भएकाले उत्साहित भएका हुन् ।

शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल कुलमानको आगमनले आम लगानीकर्ता उत्साही भएको बताउँछन् । उनको पुनरआगमनले तत्कालै बजार नतताए पनि दिर्घकालीन रुपमा जलस्रोत कम्पनीको कारोबार राम्रो हुनसक्ने अर्यालको अपेक्षा छ ।

‘जलस्रोत कम्पनीको शेयर मुल्य अहिले नै प्रत्यक्ष नबढे पनि यो क्षेत्रमा लगानीकर्ताको आकर्षण भैरहेको छ र आगामी दिनमा पनि हुने संकेत देखिएको छ,’ उनले अन्नपूर्णसँग भने,‘यसको शेयर मुल्य आधारभुत हिसावले बढ्नुमा उहाँ आए पनि नआए पनि फरक पर्दैन । तर उहाँले पहिला ऊर्जा क्षेत्रमा दिनुभएको योगदान र अहिले गर्नसक्ने क्षमतालाई आंकलन गरेर बजारमा यसलाई सकारात्मक रुपमा लिएकाले आम लगानीकर्ता खुसी भएका हुन् ।’

विद्युत क्षेत्रलाई राम्रोसँग बुझेको र आम नागरिकको नजरमा बसिसकेकाले पूँजी बजारमा पनि उनको आगमनले सकारात्मक प्रभाव पन नेपाल ईन्भेष्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल बताउँछन् ।

कुलमानको आगमनले जलस्रोत लगानीकर्ताहरुलाई थप ऊर्जा थपेको छ । तर पूँजी बजार बढ्नमा सबै उनको मात्रै योगदान नभएको लगानीकर्ताको बुझाइ छ । किनभने यसअघिको कार्यकालमा नेपालको उत्पादित विद्युत भारतमा विक्री गर्ने अवधारणा घिसिङले ल्याएका थिए । त्यतिबेला विहार वोर्डसँग सम्झौता पनि गरिएको थियो । यसले गर्दा कतिपय खेर जानसक्ने सम्भावना भएका ऊर्जाहरु भारतमा सप्लाई गर्न सफल हुने लगानीकर्ताले आशा गरेका छन् । जसले गर्दा पूँजीबजारमा पनि यस क्षेत्रको कारोबार राम्रो हुने अपेक्षा गरिएको हो । पत्रपत्रिकाबाट ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0