HomeNetworking

१५ महिनादेखि कोरिया रोजगारी बन्द हुदाँ १० हजार अन्योलमा

१५ महिनादेखि कोरिया रोजगारी बन्द हुदाँ १० हजार अन्योलमा

काठमाडाैं- आम्दानीका हिसाबले आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाको रोजगारी अझै खुल्ने सुरसार छैन। १५ महिनादेखि कोरिया रोजगारी बन्द छ। कोरिया रो

तेह्रथुम पावरको आईपीओ बाँडफाँट, कसरी हेर्ने रिजल्ट?
कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेशले जलस्रोतको शेयर बजार उकालो लाग्ला?
मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि विक्रीमा

काठमाडाैं- आम्दानीका हिसाबले आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाको रोजगारी अझै खुल्ने सुरसार छैन। १५ महिनादेखि कोरिया रोजगारी बन्द छ। कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार अन्योलमा परेका छन्।

पहिलो लहरको कोरोना महामारी फैलिएको बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया सरकारले बन्द गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी बताउँछन्। ‘सुरुमा कोरियामा कोरोना महामारी फैलिएको भन्दै नेपाली पक्षले भाषा परीक्षा उत्तीर्ण गरेकालाई पठाउन रोक्यो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पछिल्लो समयमा कोरियाले हामीकहाँ महामारी फैलिएकाले कामदार लिन ढिला गरिरहेको छ।’ तर भाषा परीक्षा उत्तीर्ण गरेकाहरूले भने सरकारले पहल नगर्दा कोरिया रोजगारी सुरु हुन नसकेको बताइरहेका छन्।

भाषा परीक्षा उत्तीर्ण गरेकाहरू सरकारी निकायले अलिकति मेहनत गरे कामदार कोरिया पठाउन सक्ने बताउँछन्। ‘कोरियन रोजगारदाता भाषा परीक्षा उत्तीर्ण गरेकालाई लैजान इच्छुक छन्,’ भाषा परीक्षा उत्तीर्ण गरेका सागर प्रसाईले भने, ‘सरकार गम्भीर हुने हो भने कोरिया रोजगारी चाँडो सुचारु हुन्छ।’

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0