HomeNetworking

सर्वोच्च अदालतकाे आदेश होटल व्यवसायीले १० प्रतिशत सेवा शुल्क लिन नपाउने

सर्वोच्च अदालतकाे आदेश होटल व्यवसायीले १० प्रतिशत सेवा शुल्क लिन नपाउने

काठमाडाै- सर्वोच्च अदालतले होटेल, रेस्टुरेन्टले ग्राहकबाट अशुल्दै आएको सेवा शुल्क लिन नपाउने आदेश दिएको छ । यस अघि होटल, रेष्टुरेन्टले ग्राहबाट अतिरिक

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?
सयपत्री हाइड्रोपावरको आईपीओमा आजदेखि
असोज १ देखि सुपथ मूल्य पसल खुल्ने

काठमाडाै- सर्वोच्च अदालतले होटेल, रेस्टुरेन्टले ग्राहकबाट अशुल्दै आएको सेवा शुल्क लिन नपाउने आदेश दिएको छ । यस अघि होटल, रेष्टुरेन्टले ग्राहबाट अतिरिक्त १० प्रतिशत सेवा शुल्क लिँदै आएका थिए ।

सर्वोच्चले संविधानको धारा ४४ र धारा ११५ (१) को मर्म अनुकुल नदेखिएकोले माघ ११ गते देखि लागु हुने गरी बदर घोषणा गरेकाे छ । यो सँगै अब होटेल, लज, मोटेल, रेस्टुरेन्ट, फुडकोर्ट एवं यस्तै खाना, खाजा तथा नास्ताको सेवा उपलब्ध गराउने व्यवसायीले ग्राहकसँग बिक्री गर्ने खाना तथा खाजाको मूल्यमा १० प्रतिशत सेवा शुल्क उठाउन पाउने छैनन् ।

सेवा शुल्क खारेजीको माग गर्दै २०७५ साल जेठ २३ मा प्रेमलाल महर्जनले दायर गरेको रिटमा बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले उक्त व्यवस्था अमान्य फैसला गरेका हो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0