HomeNetworking

सामलिङ्गको आईपीओमा आजदेखि,कति दिने आवेदन?

सामलिङ्गको आईपीओमा आजदेखि,कति दिने आवेदन?

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज (कात्तिक ४ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बरा

सयपत्री हाइड्रोपावरको आईपीओमा आजदेखि
दोर्दी खोलाको आइपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?
पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैयाँले वृद्धि

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज (कात्तिक ४ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ।

निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयरमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक १८ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0