HomeNetworking

न्यादि हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस रिजल्ट?

न्यादि हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस रिजल्ट?

काठमाडाै- न्यादि हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज शुक्रबा

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?
दुध किसानले ३ महिनादेखिको भुक्तानी पाएनन्, ६ अर्ब बाँकी
मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि विक्रीमा

काठमाडाै- न्यादि हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज शुक्रबार शेयर बाँडफाँट भएको हो।

क्यापिटलका अनुसार २ लाख ९ हजार २५० जनाले कम्पनीको शेयर प्राप्त गरेका छन्। कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो।

निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो।

सो शेयरमा कुल २२ लाख ५५ हजार ८४ जनाले २ अर्ब ७० कराेड ८९ लाख १५ हजार रूपैयाँ बराबरकाे शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये १० हजार ४४२ आवेदन रद्द भएका छन् भने ३ हजार ५०४ सि-आस्वाले अस्वीकृत गरेकाे छ। स्वीकृत भएका २२ लाख ४१ हजार १३८ जनामा साे शेयर बाँडफाँट गरिएकाे हाे।

 

रिजल्ट हेर्न यहाँ भिजिट गर्नुहाेस्:

https://iporesult.cdsc.com.np/

COMMENTS

WORDPRESS: 0
    DISQUS:1