HomeData Science

नयाँ अन्तरिक्ष स्टेशनमा राख्न चीनले पठायो तीन अन्तरिक्षयात्री

नयाँ अन्तरिक्ष स्टेशनमा राख्न चीनले पठायो तीन अन्तरिक्षयात्री

विदेश- चीनले बिहीवार आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्नेगरी तीन अन्तरिक्षयात्रीलाई पठाएको छ। निह हाइसङ, लिउ बोमिङ र थङ होङ्बोले पृथ्वीबाट ३८० किलोमिटर

१९ वर्षीया किशोरी बनिन् मुख्यमन्त्री
इन्धनको मूल्य लगातार बढ्दा उपभोक्ता मारमा
जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता

विदेश- चीनले बिहीवार आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्नेगरी तीन अन्तरिक्षयात्रीलाई पठाएको छ। निह हाइसङ, लिउ बोमिङ र थङ होङ्बोले पृथ्वीबाट ३८० किलोमिटरमाथि रहेको तियन्गोङमा तीन महिना बिताउनेछन्। पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि यात्री पठाएको भने यो पहिलो पटक हो।

बिहीवार चिनियाँ लङ मार्च टूएफ रकेटको टुप्पोमा रहेको सेन्झाउ-१२ नामको यात्रुवाहक यानमार्फत् उनीहरू अन्तरिक्षमा प्रस्थान गरेका हुन्। बेइजिङ समयानुसार बिहान ९:२२ मा गोबी मरुभूमिमा रहेका भूउपग्रह प्रक्षेपण केन्द्रबाट सो रकेट प्रक्षेपण गरिएको हो। यसलाई चीनको बढ्दो अन्तरिक्ष क्षमताको रूपमा हेरिएको छ। गएको छ महिनामा चीनले चन्द्रमाबाट चट्टान र माटोको नमुना ल्याएको छ र मङ्गल ग्रहमा छपाङ्ग्रे यान उतारेको छ। यी दुवै काम जटिल र चुनौतीपूर्ण बताइएको छ।

निहको नेतृत्वमा रहेको मिशनको प्रमुख उद्देश्य २२.५ टनको चिनियाँ अन्तरिक्ष स्टेसनलाई सक्रिय बनाउने रहेको छ।

“मेरा धेरै अपेक्षा छन्,” उनले यात्राको पूर्वसन्ध्यामा भने।

“हामीले अन्तरिक्षमा नयाँ घर बनाउनु छ र नयाँ प्रविधिहरू परीक्षण गर्नु छ। त्यसैले यो मिशन जटिल र चुनौतीपूर्ण छ। हामी तीन जना मिलेर उचित रूपमा काम गर्दा हाम्रा चुनौतीहरू पार लगाउने मलाई विश्वास छ। यो मिशन पूरा हुन्छ भन्नेमा म विश्वस्त छु।”

तियन्गोङको १६.६ मिटर लम्बाइ र ४.२ मिटर चौडाइ भएको मूल अंश यसअघि नै अन्तरिक्षमा पुर्‍याइएको थियो। अन्तरिक्ष स्टेशन पूर्ण हुँदा लगभग ७० टनको हुने र त्यसमा आवास, विज्ञान प्रयोगशाला र ठूलो टेलिस्कोप समेत रहनेछ। त्यसका थप अंशहरू आउँदा दुई वर्षमा पटकपटक यात्रुसहित वा यात्रुविहीन गरेर पठाइने योजना छ। बुधवार पत्रकार सम्मेलन अगाडिसम्म चिनियाँ अन्तरिक्षयात्रीहरूको नाम प्रकाशित गरिएको थिएन। छपन्न वर्षीय निह अन्तरिक्षमा जाने सबैभन्दा बढी उमेरका यात्री हुन्। उनी हालसम्म दुई पटक अन्तरिक्ष यात्रामा गइसकेका छन्। उनी सन् २०१३ मा १५ दिनका लागि अन्तरिक्षयात्रामा गएका थिए।

उनका सहयात्री ५४ वर्षीय लिउ र ४५ वर्षीय थङ दुवैजना पूर्वसैनिक हुन्। लिउसँग सन् २००८ मा पनि अन्तरिक्षमा गएका थिए। थङ पहिलो पटक अन्तरिक्षमा गएका हुन्।

चीनको अन्तरिक्षयात्रा

सन् २०१९ मा चीन चन्द्रमाको पृथ्वीबाट नदेखिने भागमा यान अवतरण गराउने पहिलो राष्ट्र बन्यो। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन योजनामा सहभागी नगरिएकोले चीनले आफ्नो छुट्टै स्टेशन निर्माण गरेको हो। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अमेरिकाको नेतृत्वमा रुस, युरोप, क्यानडा र जापान समाविष्ट छन्। चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा अन्य देशलाई सहभागी गराउन आफू तयार रहेको बताएको छ।

 

Source: BBC

COMMENTS

WORDPRESS: 0
    DISQUS:0