HomeData Science

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता

काठमाडाै- जीवन विकास लघुवित्तकाे सर्वसाधारण लागि बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ। लघुवित्तकाे आईपीओ आज असार २३ गते, बुधबार, लघुवित

३३ देशका १३३ जना विदेशी नागरिकलाई नेपालबाट निष्काशन
म्यानमारमा सैनिक ‘कु’ आङ सान सु की हिरासतमा
भारतबाट काेराेना लुकाएर घर फर्किए पछि ज्यान गयाे

काठमाडाै- जीवन विकास लघुवित्तकाे सर्वसाधारण लागि बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ। लघुवित्तकाे आईपीओ आज असार २३ गते, बुधबार, लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हाे।

लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको हुँदा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको हो।

सो शेयरमा कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ।

सो शेयरमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँट गरिएको थियो। जसअनुसार १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर पाएका छन् भने सोमध्ये ५ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0