HomeData Science

अमेरिकाद्वारा सैनिक नेताविरुद्ध प्रतिबन्ध घोषणा ‘म्यान्मार कू’

अमेरिकाद्वारा सैनिक नेताविरुद्ध प्रतिबन्ध घोषणा ‘म्यान्मार कू’

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।यो कदम सै

युनियन लाइफको आईपीओ बिक्री खुला, कति दिने आवेदन?
नयाँ अन्तरिक्ष स्टेशनमा राख्न चीनले पठायो तीन अन्तरिक्षयात्री
३३ देशका १३३ जना विदेशी नागरिकलाई नेपालबाट निष्काशन

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित हुनेछ।

अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ।

कूविरुद्ध प्रदर्शनका क्रममा मङ्गलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्‌अस्थित एउटा अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले पछिल्लो कदम चालेको हो।

बाइडनले के माग गरेका छन्?

अमेरिकी राष्ट्रपति बाइडनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सू चीसहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गरेका छन्।

आवश्यक परेको खण्डमा थप कदम चाल्ने बताउँदै बाइडनले भने, “म्यान्मारका जनताले आफ्नो आवाज सुनाउँदैछन् र विश्वले सबै हेरिरहेको छ।”म्यान्मार कू: आङ सान

सू ची र बर्मेली सेनाको बद्लिँदो सम्बन्ध

पहिलो चरणमा प्रतिबन्धको निशानामा पर्नेहरूको पहिचान यसै साता आफ्नो प्रशासनले गर्ने बाइडनले बताएका छन्।

यसअघि रोहिंज्या मुस्लिमहरूविरुद्ध दमन गरेको आरोपमा म्यान्मारका कैयौँ वरिष्ठ अधिकारीहरूलाई अमेरिकाले कालोसूचीमा राखिसकेको छ।

BBC-

COMMENTS

WORDPRESS: 0
    DISQUS:0