HomeData Science

म्यानमारमा सैनिक ‘कु’ आङ सान सु की हिरासतमा

म्यानमारमा सैनिक ‘कु’ आङ सान सु की हिरासतमा

काठमाडौँ-म्यानमारमा सैनिक ‘कू’ भएको छ । म्यानमारमा नेसनल लिग फर डेमोक्रेसी पार्टी(एनएलडी)की सर्वोच्च नेता आङ सान सू की लगाएत राष्ट्रपति विन मिन्ट

युनियन लाइफको आईपीओ बिक्री खुला, कति दिने आवेदन?
अमेरिकाद्वारा सैनिक नेताविरुद्ध प्रतिबन्ध घोषणा ‘म्यान्मार कू’
नवौँ शताब्दीको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका

काठमाडौँ-

म्यानमारमा सैनिक ‘कू’ भएको छ । म्यानमारमा नेसनल लिग फर डेमोक्रेसी पार्टी(एनएलडी)की सर्वोच्च नेता आङ सान सू की लगाएत राष्ट्रपति विन मिन्ट र सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ ।

सु कीको पार्टीले एक वक्तव्य जारी गरी यसबारेमा जानकारी दिएका छन् । केही सयमदेखि म्यानमारमा सरकार र सेनाबीच तनाव देखिएको थियो । सेनाद्वारा ‘कु’ हुने आशंका गरिएकै बेला सु कीलाई गिरफ्तार गरिएको हो ।

गत नोभेम्बर महिनामा भएको चुनावमा सु कीको पार्टी एनएलडी प्रचण्ड मतसहित विजयी भएको थियो । तर सेनाले भने चुनावमा व्यापक धाँधली भएको दाबी गर्दै आएको थियो । सेनाले सोमबारका लागि निर्धारित संसद् बैठक स्थगित गर्न आह्वान गरेको छ । एनएलडीका प्रवक्ताले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार सु कीसहित राष्ट्रपति विन मिन्ट र अन्य नेताहरुलाई पनि सेनाले हिरासतमा लिएको छ ।

बीबीसीका अनुसार राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको छ । त्यस्तै बीबीसी बर्मेली सेवाका अनुसार राजधानी याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।

म्यानमारमा सन् २०११ सम्म सेनाले प्रत्यक्ष रुपमा शासन गरेको थियो । उक्त समयमा सुकीलाई लामो समय घरमै नजरबन्दमा राखिएको थियो । उनलाई सन् १९८९ देखि २०१० सम्म नजरबन्दमा राखिएको थियो ।

सुकी म्यानमारका स्वतन्त्रता सेनानी जनरल आङ सानकी छोरी हुन् । उनी मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने व्यक्तिका रुपमा विश्वमै परिचित छिन् । प्रजातन्त्रको पुन:स्थापना र मानव अधिकारका लागि अहिंसात्मक तवरले लड्दै आएको भन्दै उनलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पनि दिइएको थियो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0