HomeData Science

अफगानिस्तानबाट हालसम्म ८६० जना नेपालीको उद्धार

अफगानिस्तानबाट हालसम्म ८६० जना नेपालीको उद्धार

काठमाडौँ – अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरि स्वदेश फर्काउने क्रमजारी रहेको जनाउँदै सरकारले त्यहाँबाट बिहीबार राति दुई र शुक्रबार एकजन

भारतबाट काेराेना लुकाएर घर फर्किए पछि ज्यान गयाे
सबै भन्दा धेरै कर ११ अर्ब डलर तिरेर एलन मस्कले बनाउँदैछन् इतिहास
म्यानमारमा सैनिक ‘कु’ आङ सान सु की हिरासतमा

काठमाडौँ – अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरि स्वदेश फर्काउने क्रमजारी रहेको जनाउँदै सरकारले त्यहाँबाट बिहीबार राति दुई र शुक्रबार एकजना काठमाडौँ आइपुगेको बताएको छ ।

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकालाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वयभइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ ।

अफगानिस्तानबाट हालसम्म ८६० जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि मन्त्रालयले आजअपराह्न प्रेस विज्ञप्ति निकालेर जनाएको छ । आगमन पछि उनीहरूलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरि व्यवस्थापन गरिएको छ ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवाविभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरिएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0