HomeSoftware

भारतविरुद्ध तेज तामाङको ८६ औँ मिनेटमा गोल

भारतविरुद्ध तेज तामाङको ८६ औँ मिनेटमा गोल

काठमाडाै- दुई गोलले पछि परिसकेको अवस्थामा नेपालले गोल फर्काएको छ। नेपालका लागि खेलको ८६ औँ मिनेटमा तेज तामाङले भारतको डिबक्स बाहिरबाट आकर्षक गोल गरे।

सप्तरी प्रिमियर लिग: तिलाठी कोइलाडी र टीभीएस किङ्स विजयी
ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिका २०२१
बार्साबाट मेस्सीको औपचारिक विदाइ: भने याे मेराे घर हो

काठमाडाै- दुई गोलले पछि परिसकेको अवस्थामा नेपालले गोल फर्काएको छ। नेपालका लागि खेलको ८६ औँ मिनेटमा तेज तामाङले भारतको डिबक्स बाहिरबाट आकर्षक गोल गरे।

भारतीय पोस्टमा आक्रमणका क्रममा आएको बललाई डि बक्स बाहिरबाट प्रहार गर्दै तामाङले सुन्दर गोल गरेका हुन्।यससँगै खेल २-१ को अवस्थामा फर्किएको छ। यसअघि भारतले नेपालविरुद्ध दुई गोल गरेको थियो।

भारतले नेपालविरुद्ध खेलको ६२ औँ मिनेटमा पहिलो गोल गरेको थियो। भारतका लागि फहारुख चौधरीले पहिलो गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलमा नेपाली रक्षा पंक्तिले अनमार्क छाडेको अवस्थाको फाइदा उठाउँदै चौधरीले गोल गरेका थिए।

त्यसपछि खेलको ८० औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै अग्रता २-० बनाएका थिए। नेपाले हानेको फ्रि किक बललाई निकालेको भारतले काउन्टर एट्याकमा गोल गर्न सफल भएको थियो।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो हाफमा दुई गोल खाएसँगै नेपाल हार नजिक पुगेको छ।

खेलको पहिलो हाफमा भारतको तुलनामा नेपाली टोली आक्रामक रुपमा देखिएको थियो। तर दोस्रो हाफमा दुई गोल खाएको हो।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1