HomeNews & Trends

एक वर्षपछि भारतले खोल्यो पाम आयलको आयात

एक वर्षपछि भारतले खोल्यो पाम आयलको आयात

वीरगञ्ज- प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित पाम आयलको भारत निकासीको बाटो खुलेको उद्

पहिरोसँगै आएको खबाढीले मेलम्ची करिडोर तहसनहस
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस रिजर्ट
अनुगमन संयन्त्र अभावमा दर्जनौं विकास निर्माणका काम अलपत्र

वीरगञ्ज- प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित पाम आयलको भारत निकासीको बाटो खुलेको उद्यमीहरूले बताएका छन् ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो । भारतले आगामी डिसेम्बर अन्तिम (पुस १६) सम्मका लागि आयात खुलाएको छ । भारतमा खाने तेलको मूल्य वृद्धि भएपछि भारत सरकारले पाम तेलको आयातका लागि नेपाललगायत अन्य मुलुकलाई समेत अनुमति दिएको हो ।

भारतले पाम तेल आयात खोलेपनि निकासी गर्न कम्तीमा अझै १ महीना लाग्ने ओबीसी फुडका सञ्चालक सुरेश रुंगटाले बताए । ‘भारत निकासी रोकिएपछि उद्योगीहरू अहिले भटमासको तेल निर्यातमा केन्द्रित भएका छन् । कच्चा पाम आयल भित्र्याएर प्रशोधन र निकासी गर्न १ महीना समय लाग्छ,’ उद्यमी रुंगटाले आर्थिक अभियानसित भने ।

नेपाली उद्यमीले इन्डोनेशिया र मलेशियाबाट ल्याएको कच्चा पाम प्रशोधन गरी भारत निकासी गर्छन् । आयातित पाम आयलले आफ्ना उद्योग र कृषकलाई प्रतिकूल प्रभाव पारेको भन्दै भारतले २०७७ वैशाख ३० गतेयता आयातमा पूर्ण रोक लगाएको थियो ।

त्यसअघि २०७६ पुस २३ मा लगाइएको रोक १ महिनापछि परिमाणात्मक बन्देजसहित खुला गरेको थियो । भारतले पाम आयल आयातमा उच्च दरको महसुल लगाएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0