HomeNews & Trends

घण्टाघर र त्रिचन्द्र कलेजको पुननिर्माण हुने

घण्टाघर र त्रिचन्द्र कलेजको पुननिर्माण हुने

काठमाडाै- देशको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्र कलेज र त्यहाँ रहेको घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गरिने भएको

बस्ती आसपास बाघ देखिएपछि त्रिवेणी स्थानीयवासी त्रसित
काठमाडौं ७ दिन निषेधाज्ञा थप, किराना पसल पनि खोल्न नपाइने
फेरि बल्यो मनाङको जङ्गलमा आगो, अझै निभेन

काठमाडाै- देशको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्र कलेज र त्यहाँ रहेको घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गरिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विद्येयक अन्तर्गत आर्थिक वर्ष २०७८/७९ को संसोधित बजेटमार्फत त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्ने प्रबन्ध गरिने घोषणा गरेका हुन् ।

विश्वविद्यालयहरूलाई पूर्वाधार विकाससहित अनुसन्धान केन्द्रका रुपमा विकास गरिने अध्यादेशमा उल्लेख छ । नारायणहिटी दरबार संग्रहालयमा ‘रामापिथेकस’ देखि देशको सम्पूर्ण कालखण्ड झल्किने ऐतिहासिक प्रतिमा राखेर शासकीय संग्रहालयका रुपमा विकास गर्ने अध्यादेशमा उल्लेख छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1