HomeNews & Trends

रुपन्देही गोली काण्ड: अतिक्रमणकारीलाई नछाड्ने गृहको चेतावनी

रुपन्देही गोली काण्ड: अतिक्रमणकारीलाई नछाड्ने गृहको चेतावनी

बुटवल- रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जा गर्ने प्रयास गरेको भन्दै सरकारले सुरक्षा निकायलाई कडा रूपमा प

कोरियामा कामदारकाे लागि प्रवेश खुल्याे
चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या तीन सातामै चार लाख
सङ्खुवासभा ६ जना हत्या प्रकरण: अनुसन्धानमा सहयोग गर्ने नै अभियुक्त, यत्रो नरसंहार एक्लै?

बुटवल- रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जा गर्ने प्रयास गरेको भन्दै सरकारले सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ। गृह मन्त्रालयमा गृहमन्त्रीसहितको उपस्थितिमा भएको सुरक्षा बैठकले मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जाको प्रयास गरेको निष्कर्ष निकाल्दै सुरक्षाकर्मीलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको हो।

बैठकले वास्तविक सुकुमबासीभन्दा पनि विभिन्न जिल्लाबाट आएका अतिक्रमणकारीले सो क्षेत्रमा टहरा बनाएर सरकारी जग्गा कब्जाको प्रयास गरेको निष्कर्ष निकालेको छ। मन्त्रालयका उपसचिव तथा सहायक प्रवक्ता दिलकुमार तामाङले सोमबार विज्ञप्ति जारी गर्दै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्। गृहले जग्गा अतिक्रमण गर्न नदिन रूपन्देही जिल्ला प्रशासनलाई निर्देशन दिएको छ।

‘पूर्वको झापादेखि सुदूरपश्चिमको कैलालीसम्मका व्यक्तिलाई सरकारले जग्गा दिन्छ भन्ने भ्रम फैलाएर ल्याएको देखियो। वास्तविक जग्गा नभएकाभन्दा पनि सर्वसाधारणलाई प्रलोभनमा पारेर जग्गा कब्जा गर्न समूह सक्रिय रहेको देखियो,’ सुरक्षा बैठकपछि मन्त्रालयका एक अधिकारीले भने। उनका अनुसार सुकुमबासीको नाममा बाहिरका मानिससमेत आएकाले सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिइएको हो।

अहिले त्यस क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको छ। ‘सुरक्षाकर्मीको संख्या बढाउनुपर्ने अवस्था आएको छ। मोतीपुर औद्योगिक क्षेत्रलाई सुरक्षित राख्नुपर्नेछ’, मन्त्रालय स्रोतले भन्यो।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1