HomeCybersecurity

२८ घण्टा भित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको आदेश

२८ घण्टा भित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको आदेश

काठमाडाै- सर्वोच्च अदालतले मंगलबार ७ बजेभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ।सोमबार प्रधानन्

ओली विरुद्ध चुनावसम्मै मोर्चाबन्दीका लागि माधव नेपालले ल्याए प्रस्ताव
कार्यकर्तामा काँग्रेस धनी, नयाँ नेतृत्वमा काे आउला?
केन्द्र सरकार: कुन कुन मन्त्रालयमा छ भागबन्डाको लफडा?

काठमाडाै- सर्वोच्च अदालतले मंगलबार ७ बजेभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहितको संवैधानिक इजलासले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको हो। यस्तै अदालतले ७ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेको आधारमा कुनै पनि सांसदलाई कारबाही नगर्न सर्वोच्चले आदेश गरेको छ।

गत जेठ ८ गते सरकारको सिफारिसमा राष्ट्रपतिले दोश्रो पटक प्रतिनिधि सभा विघटन गरेकी थिइन्। ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तीका लागि आह्वान गरेपनि दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्ती गरिएको थिएन। शेरबहादुर देउवा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका थिए।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0