HomeCybersecurity

भोलिदेखि हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरु हुनेछ: ओली

भोलिदेखि हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरु हुनेछ: ओली

काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै नेपालीलाई खोप सुनिश्चित गरेको दाबी गरेका छन् ।सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर

प्रधानमन्त्री देउवाकाे पक्षमा १६५ र विपक्षमा ८३
मलामी जाँदा हाँस्न सक्दैनौं: प्रचण्ड
मन्त्री बनेका जसपाका ४ नेता प्रदेश सभाबाट हटाइए

काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै नेपालीलाई खोप सुनिश्चित गरेको दाबी गरेका छन् ।

सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले नेपाल खोप उत्पादक नभएपनि छोटो समयमा नै नागरिकलाई खोपको व्यवस्था गरेको दाबी गरे ।

१ करोड ३१ लाख मात्रा खोप सुनिश्चित भएको र २ करोड भन्दा बढी खरिदको प्रक्रिया रहेको भन्दै उनले भने, ‘अब हामीलाई खोपको अभाव छैन ।’

आफ्नो नेतृत्वको सरकारले बन्दोबस्त गरेको खोपलाई नयाँ सरकारले आफूले ल्याएको भनेर प्रचार गर्न सक्ने ओलीको दाबी छ । उनले भने, ‘मलाई थाहा छ । भरे वा भोलि विहानबाट ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो खिचेर अघिल्लो सरकार गयो, हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरु हुनेछ ।’

ओलीले अघि भने, ‘मानौं, चट गरेर आजै ल्याएका हुन् कि जस्तो गरेर प्रचार गर्नेछन् । तर मलाई प्रचारको कम्पिटिसन गर्नु छैन ।’

COMMENTS

WORDPRESS: 0
    DISQUS:0