HomeCybersecurity

प्रधानमन्त्री देउवाकाे पक्षमा १६५ र विपक्षमा ८३

प्रधानमन्त्री देउवाकाे पक्षमा १६५ र विपक्षमा ८३

काठमाडौं- सभापति शेरबहादुर देउवाले संसद्‍मा विश्वासको मत पाएका छन् । प्रधानमन्त्री देउवाकाे पक्षमा १६५ र विपक्षमा ८३ परेकाे थियाे ।असार २८ गतेको स

बन्दसत्रबाट ओलीलाई सर्वाधिकार, के सर्वसम्मतिमा हाेला अध्यक्ष चयन?
देउवाकाे गठबन्धन सरकारमा सहभागी हुने सम्भावित १८ मन्त्री
अब नेपाली राजनितिमा काङ्ग्रेसकाे भुमिका कस्ताे हाेला?

काठमाडौं- सभापति शेरबहादुर देउवाले संसद्‍मा विश्वासको मत पाएका छन् । प्रधानमन्त्री देउवाकाे पक्षमा १६५ र विपक्षमा ८३ परेकाे थियाे ।

असार २८ गतेको सर्वोच्च अदालतको आदेश अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति देउवाले आइतबार संसद्‍मा विश्वासको मत लिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र एमाले माधव नेपाल समूहका केही सांसदको साथ पाएका देउवाको पक्षमा १६५ मत खसेको छ । देउवाको विपक्षमा ८३ सांसदले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार कांग्रेसका सभापति देउवाले विश्वासको मत लिएका हुन्। देउवालाई विश्वासको मत दिने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह नै विभाजित भए पनि एमाले अध्यक्ष केपी ओली समूहका केही सांसदले देउवालाई विश्वासको मत दिएका हुन् । आइतबार संसदमा भएको मत विभाजनमा प्रेम आले, किसान श्रेष्ठलगायत सांसदले देउवाको पक्षमा मतदान गरेका हुन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कायम छन्। यो अंकगणितअनुसार नयाँ सरकारका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ (२ निलम्बित) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0