HomeUncategorized

आगोसँग नखेल्न अध्यक्ष ओलीलाई प्रचण्डको चेतावनी

आगोसँग नखेल्न अध्यक्ष ओलीलाई प्रचण्डको चेतावनी

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगोसँग खेल्नु राम्रो होइन भन्दै चेतावनी दिएका छन् । उनले नेकपा एमाले अध्यक्ष केपी श

सरकारले फेरि बढायाे पेट्रोलियम पदार्थमाकाे, मूल्य एक सातामै दुई पटक
माथिल्लो तामाकोसी हिमताल विस्फोटको खतरा
सरकारी कर्मचारीलाई बिदैबिदा, कति दिन कार्यालय जानुपर्दैन?

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगोसँग खेल्नु राम्रो होइन भन्दै चेतावनी दिएका छन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले माओवादी आन्दोलन विभाजित भएको छ, यसलाई मिचिदिए हुन्छ भन्ने ठानेको भए हलुका नसोच्न आग्रह गरे ।

विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमाथि आइतबार संसदमा भएको छलफलमा भाग लिँदै प्रचण्डले भने, ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ । यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ । त्यो बुद्धितिर कोही पनि नजाऔं ।’

COMMENTS

WORDPRESS: 0
    DISQUS:0