HomeCybersecurity

सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि ओली प्रवृत्तिविरुद्ध प्रतिवेदन लेखेको हुँ: अध्यक्ष प्रचण्ड

सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि ओली प्रवृत्तिविरुद्ध प्रतिवेदन लेखेको हुँ: अध्यक्ष प्रचण्ड

काठमाडाैं-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली प्रवृत्तिविरुद्ध सम्झौता गर्न नसकेपछि आफूले १९ पृष्ठको प्रतिवेदन लेखेको बताएका

किन जसपा निष्कर्षमा पुग्न सकेन? प्रधानमन्त्रीकाे संकेत के छ?
ओलीकाे जवाफ १४ सांसदमाथि गरिएको कारबाही फिर्ता हुन्न
रवि लामिछानेले खाेले राष्ट्रिय स्वतन्त्र पार्टी, प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडाैं-

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली प्रवृत्तिविरुद्ध सम्झौता गर्न नसकेपछि आफूले १९ पृष्ठको प्रतिवेदन लेखेको बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिविरुद्ध आफू जेल जान र मर्न परे पनि तयार रहेर उक्त प्रतिवेदन लेखेको बताएका हुन्।

‘मैले केपी प्रवृत्तिका विरुद्ध जानीबुझी अब योसँग सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि म फेरि जेल जान पनि तयार मर्न पनि तयार प्रहार गर्नैपर्छ भनेर १९ पृष्ठको प्रतिवेदन तयार गरेको हुँ’, उनले भने।

उनले आफूले ओली प्रवृत्तिविरुद्ध युद्धमा जाने भनेर हिंसाको कुरा नगरेको बताए। उनले अबको युद्ध शान्तिपूर्ण हुने भन्दै अहिले पनि युद्ध चलिररहेको बताए। उनले संसद विघटनविरुद्ध अभियान चलाएर आफूहरुले ब्यटल जिते पनि युद्ध जित्न बाँकी नै रहेको बताए।

‘हामीले संसद् विघटनका विरुद्धको, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षडयन्त्रका विरुद्ध देशव्यापी अभियान चलायौं र त्यो ब्याटल त जित्यौं तर हामीले वार चाहिँ जितेका छैनौँ’, अध्यक्ष प्रचण्डले भने, ‘अझै पनि ठूल्ठूला षडयन्त्र भइराख्या छन्। तपाईं हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भइ नै राखेको छ।’ उनले सबै सजक भएर आफ्नै खुट्टामा उभिएर अगाडि बढ्नुपर्ने बताए।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0