HomeCybersecurity

घटनामा संलग्नलाई तत्काल कारबाही गर्न भारतसँग नेपालकाे माग

घटनामा संलग्नलाई तत्काल कारबाही गर्न भारतसँग नेपालकाे माग

काठमाडाै- नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार आयोजित युथ फाेर्सकाे भेलामा बाेल्दै महाकाली नदी संलग्न सुरक्षाकर्मीलाई तत्काल कारबाही गर्न

ओली विरुद्ध चुनावसम्मै मोर्चाबन्दीका लागि माधव नेपालले ल्याए प्रस्ताव
बजेट पारित, सरकारलाई खर्च गर्ने बाटाे खुल्याे
के एकीकृत समाजवादीले राष्ट्रपतिमा पाउला?

काठमाडाै- नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार आयोजित युथ फाेर्सकाे भेलामा बाेल्दै महाकाली नदी संलग्न सुरक्षाकर्मीलाई तत्काल कारबाही गर्न भारत सरकारसँग माग गरेका छन् ।

बरिष्ठ नेता नेपालले महाकाली नदी तर्ने क्रममा तुइन काटेर नेपाली युवाको ज्यान जाने घटनामा संलग्न सुरक्षाकर्मीलाई तत्काल कारबाही गर्न भारत सरकारको ध्यानाकर्षण पनि गराए ।

‘त्यो घटनामा जुन किसिमको अमानवीयता देखियो भन्ने सूचना आएको छ, त्यसको छानबिन गरियोस्, यदि तिनीहरूको बदमासीले वा लापरबाहीले होस्, जुनसुकै कारणले भए पनि एउटा नेपाली युवा पानीमा बेपत्ता भएको घटना सुन्नमा आएको छ । त्यस्तालाई दण्डित गर्ने काममा भारत सरकारको म ध्यानाकर्षण गराउन चाहन्छु र नेपाल सरकारलाई पनि त्यसका लागि ध्यानाकर्षण गराउँछु’, नेपालले भने ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0