HomeSoftware

बार्सिलोना क्लबमा नरहने लियोनेल मेस्सी कुन कल्ब जालान्?

बार्सिलोना क्लबमा नरहने लियोनेल मेस्सी कुन कल्ब जालान्?

खेलकुद- ३४ वर्षीय लियोनेल मेस्सीले स्पेनी क्लब बार्सिलोनामा नयाँ सम्झाैता नहुने भएपछि फुटबल जगमा हलचल मच्चिएकाे छ । स्पेनी क्लब बार्सिलोनाका कप्तान लि

सप्तरी प्रिमियर लिग: तिलाठी कोइलाडी र टीभीएस किङ्स विजयी
भारतविरुद्ध तेज तामाङको ८६ औँ मिनेटमा गोल
अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

खेलकुद- ३४ वर्षीय लियोनेल मेस्सीले स्पेनी क्लब बार्सिलोनामा नयाँ सम्झाैता नहुने भएपछि फुटबल जगमा हलचल मच्चिएकाे छ । स्पेनी क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी र उक्त कल्ब बिच समझाैता हुने अनुमान गरिएकाे थियाे तर त्यो सम्भव नभएको सो क्लबले जनाएको छ।

इतिहास बनाउन सफल मेस्सीले उक्त क्लबका निम्ति १० पटक स्पेनी लिग उपाधि तथा ४ पटक युरोपेली च्याम्पियन्स उपाधी जिताएका छन्। उनले बार्सिलोनाका लागि अहिलेसम्मकै सर्वाधिक ६७२ गोल गरेका छन्।

सम्झाैता नहुने भएपछि यतिबेला मेस्सी अब कता जालान्? भन्ने अनुमान गरिरहेका छन् । अब उनी प्यारिस सेन्ट-जर्मान (पीएसजी) क्लबमा आबद्ध हुनसक्ने ठानिएको छ। सो फ्रेन्च क्लबका आर्जेन्टीनी कोच मरिसियो पोचेटिनोको च्याम्पियन्स लिग जित्ने महत्त्वाकांक्षा छ।

मेस्सीको बार्सिलोनासँगको सम्झौताको अवधि जुलाई १ तारिखदेखि नै सकिएकाले उनी स्वतन्त्र थिए। त्यसको दुई सातापछि उनले घटाइएको ज्याला दरमा क्लबसँग नयाँ सम्झौता पनि गरेका थिए। तर उक्त सम्झौता बार्सिलोनाले उनको तलब बेहोर्नसक्ने गरी यदि अन्य खेलाडीलाई अन्यत्र बेच्न सकेको खण्डमा मात्र लागु हुनसक्थ्यो।

“खेलाडी अनि क्लब दुवैको चाहना अन्तत: पूरा नहुने भएकोमा दुवै पक्ष दुखी छ,” क्लबले भनेको छ। बार्सिलोनाले यसअघि मेस्सीले क्लबसँगको २१ वर्षदेखिको आबद्धता लम्ब्याउने भनेको थियो तर उसले यसो हुन नसक्नुमा ला लिगालाई दोष दिएको छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0