HomeNews & Trends

अघिल्लाे सरकारले बढाएकाे सामाजिक सुरक्षा भत्ता कार्यान्वयन हुने

अघिल्लाे सरकारले बढाएकाे सामाजिक सुरक्षा भत्ता कार्यान्वयन हुने

काठमाडाै- तत्कालीन सरकार केपी शर्मा ओली नेतृत्वमा गत आर्थिक वर्षको बजेटमार्फत वृद्धि गरेको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने

उपत्यकामा मेलम्चीको पानीको हिस्सा ९० प्रतिशतसम्म पुग्ने
बाग्लुङ जिल्ला अदालतमा दर्ता भएका धेरै मुद्दा सम्बन्धविच्छेदका
मुलुकभर भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

काठमाडाै- तत्कालीन सरकार केपी शर्मा ओली नेतृत्वमा गत आर्थिक वर्षको बजेटमार्फत वृद्धि गरेको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने भएको छ ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाउने निर्णय गरेकाले त्यसलाई सरकार परिवर्तन भए पनि कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले गरेको हो ।

सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा केही संशोधनका लागि प्रतिस्थापन विधेयकको तयारी गरेका छन् । त्यसमा सामाजिक सुरक्षा भत्ताको विषय भने यथावत् रहने निश्चित भएको छ । बजेटले वृद्धि गरेको भत्ता साउनदेखि नै लागू हुनेछ । प्रत्येक चार महीनामा भत्ता वितरण गरिने भएकाले अब कात्तिकमा लाभग्राहीले बढेको भत्ता एकमुष्ट पाउनेछन् ।

यस्तै मन्त्रिपरिषद् बैठकले स्वीस सरकारद्वारा दिगो तथा सम्मानित रोजगारीका लागि शीप परियोजना, दोस्रो चरणको कार्ययोजनाका लागि प्राप्त हुने १४ दशमलव ७ मिलियन (करीब १ अर्ब ९३ करोड) सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यो समाचार आर्थिक समाचार दैनिकमा छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0