HomeNetworking

गुण एयरलाइन्सको नियमित उडान सुरु

गुण एयरलाइन्सको नियमित उडान सुरु

काठमाडाै- निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ।आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स

आजबाट खाद्यमा छुट अफर, के केमा छ छुट?
मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?
बलेफी हाईड्रोपावरकाे ईपीओ चैत १६ गतेदेखि

काठमाडाै- निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ।

आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजमार्फत् पुनः उडान सुरु गरिएको कम्पनीले जनाएको छ।सुरुआती उडान काठमाडौँबाट पोखरा, भरतपुर (चितवन) हुनेछ भने केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङटार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान भर्ने कम्पनीले जनाएको छ।

आन्तरिकतर्फ नियमिति उडानका लागि बुकिङ पनि धमाधम भइरहेको गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले जानकारी दिए। नेपाली आकाशमा सिम्रिक एयरलाइन्सका रूपमा परिचित गुण एयरलाइन्सले पुनः उडान सुरु गरेको हो। गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो । सन् २०१३ मा गुण एयरलाइन्स सिम्रिकमा परिवर्तन भएको थियो। सिम्रिकसँग दुई अमेरिकी विचक्राफ्ट जहाज थिए।

त्यसमा थप पाँच जहाज खरिद गरी सङ्ख्या सात पु¥याइएको हो । गुण एयरलाइन्सले हालै यती एयरसँग रहेका पाँच जहाज खरिद गरेको थियो। गुणसँग दुई विचक्राफ्ट १८ सिट क्षमताका छन् । जेटस्ट्रिम भने ३० सिट क्षमताका हुन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0