HomeNetworking

न्यादी हाइड्रोपावरको आईपीओमा १९ लाख आवेदन, भोलि अन्तिम दिन

न्यादी हाइड्रोपावरको आईपीओमा १९ लाख आवेदन, भोलि अन्तिम दिन

काठमाण्डौ- न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ सोमबार साँझसम्म १८ लाख ९३ हजार बढी आवेदन परेको छ ।सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा १८

दश लाखले पाउने आईपीओ असोज १४ गतेदेखि
हालसम्मकै ठूलो आईपीओ आजदेखि, कतिसम्म पर्न सक्छ?
बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाण्डौ- न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ सोमबार साँझसम्म १८ लाख ९३ हजार बढी आवेदन परेको छ ।

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा १८ लाख ९३ हजार ९५७ आवेदकबाट २ करोड ४० लाख ८९ हजार ९४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा ११.५२ गुणाले बढी हो।

कम्पनीले गत असोज १५ गतेबाट १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

न्यादी हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थारु र तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

यो आईपीओ निष्कासन बन्द भोलि असोज १९ गते बैंकिङ समयपछि हुनेछ। मागभन्दा बढी आवेदन परेकोले यो आईपीओको बाँडफाँड पनि गोलाप्रथाबाट हुने निश्चित भएको छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1