HomeNews & Trends

काठमाडौँबाट चरिकोट जाँदै गरेको बस दुर्घटना, ३३ जना घाइते

काठमाडौँबाट चरिकोट जाँदै गरेको बस दुर्घटना, ३३ जना घाइते

सिन्धुपाल्चोक- काठमाडौँबाट दोलखाको चरिकोट जाँदै गरेको रिर्जभ बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दुर्घटना भएको छ।आज भएको दुर्घटनामा बसमा सवार क

अनुगमन संयन्त्र अभावमा दर्जनौं विकास निर्माणका काम अलपत्र
भिडभाड नगरी चाडपर्व मनाउन गृहमन्त्रालयकाे अनुरोध
लाइसेन्सको नयाँ आवेदन जेठ १ बाट खुल्ने

सिन्धुपाल्चोक- काठमाडौँबाट दोलखाको चरिकोट जाँदै गरेको रिर्जभ बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दुर्घटना भएको छ।

आज भएको दुर्घटनामा बसमा सवार कम्तीमा ३३ घाइते भएका छन्, तीनको अवस्था गम्भीर रहेको छ। काठमाडौँमा चल्ने कान्तिपुर यातायातको बा ४ ख १८०२ नम्बरको बस दुर्घटनामा परेको हो।

बढी भारका कारण गाडीले उकालोमा तान्न नसकेर पछि धकेलिएपछि दुर्घटनामा परेको बताइएको छ। बस बाटोबाट १० मिटर तल खसेको छ। स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। गम्भीर घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीले जानकारी दिए।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1