HomeNetworking

याे कम्पनी गर्याे १००% लाभांश घोषणा, बुक क्लोज कहिले?

याे कम्पनी गर्याे १००% लाभांश घोषणा, बुक क्लोज कहिले?

काठमाण्डौ- हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले गत आर्

प्राधिकरणले पायो ‘AA+’ क्रेडिट रेटिङ, साधारण शेयर (IPO) बिक्रीको तयारी
मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?
फागुन २ गतेदेखि ग्रीन भेन्चर्सले आईपीओ निष्काशन गर्दै

काठमाण्डौ- हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसअनुसार कम्पनीले ७५ प्रतिशतले हुन आउने ६५ करोड ७ लाख ७६ हजार ७८१.२५ रुपैयाँबराबरको बोनस सेयर र २५ प्रतिशतले हुन आउने २१ करोड ६९ लाख २५ हजार ५९३.७५ रुपैयाँबराबरको नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1